अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना


 

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना हुनुभएको छ ।

कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बस्नुभएका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुभएको हो ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किनुभएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेसनमै हुनुहुन्छ ।