अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग


कञ्चनपुर- ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

सरकारी अस्पताललाई निःशुल्क रूपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्तर्गत महाकाली अस्पताललाई सहयोग गरिएको हो ।

अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको ज्यान जोगाउन सघाउ पुर्‍याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो ।

यसअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १ सय र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।