अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र देउवाबीचको छलफल सकियो

प्रधानमन्त्री र देउवाबीचको छलफल सकियो


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटघाट सकिएको छ । दुई घण्टा १० मिनेटदेखि जारी भेटघाट भर्खरै सकिएको सहभागी एक नेताले जानकारी दिनुभयो ।

भेटमा कुन-कुन विषयमा छलफल भयो भन्नेबारे भने बाहिर आउन बाँकी छ ।

देवा निवास बूढानिलकण्ठमा भएको भेटमा प्रधानमन्त्रीसहित एमालेका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री बिष्णु पौडेललगायत हुनुहुन्थ्यो ।

यसैगरी, कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्कालगायत हुनुहुन्छ ।