अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले देउवालाई भन्नुभयो : विश्वासको मत मागेको छु दिए पनि धन्यवाद, नदिए पनि धन्यवाद

प्रधानमन्त्रीले देउवालाई भन्नुभयो : विश्वासको मत मागेको छु दिए पनि धन्यवाद, नदिए पनि धन्यवाद


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई आफूलाई विश्वासको मत दिन आग्रह गर्नु भएको छ ।

वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लाग्नुभएका प्रधानमन्त्री ओलीले आज देउवाको निवास बूढानिलकण्ठमा गएर यस्तो आग्रह गर्नुभएको हो ।

भेटघाटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार प्रधानमन्त्रीले करिब आधा घण्टा आफ्ना कुरा राख्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको भनाइ उदृध गर्दै नेम्वाङले भन्नुभयो, ‘विश्वासको मत मागेको छु दिए पनि धन्यवाद, नदिए पनि धन्यवाद ।’