अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण


काठमाडौं-निर्वाचन आयोगले प्रतिनिधि सभामा समानुपातिक प्रणालीबाट निर्वाचित भएकाहरूलाई आज प्रमाणपत्र दिने भएसँगै त्यसका लागि सांसदहरु आयोगकको कार्यालय पुगेका छन्। 

२०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको छ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न ६ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरिएको हो।

आयोगले चैत २ गते सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो। सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन्।

आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।