अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अक्सिजन सिलिण्डर लुकाएको पाइए कारवाही हुन्छ : स्वास्थ्य मन्त्रालय

अक्सिजन सिलिण्डर लुकाएको पाइए कारवाही हुन्छ : स्वास्थ्य मन्त्रालय


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डर आवश्यकताभन्दा बढी लुकाउनेलाई कारवाही गरिने चेतावनी दिएको छ । अक्सिजन सिलिण्डर आवश्यकताभन्दा बढी लुकाएको गुनासो आएको भन्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

आज एक विज्ञप्ति जारी थर्दै मन्त्रालयले कोभिड-१९ संक्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिण्डरमा कालोबजारी भएको निष्कर्ष निकालेको हो ।

सरकारको निर्णय विपरीत अझै पनि अक्सिजन उद्योगधन्दामा प्रयोग गर्ने गरेको पाइएको मन्त्रालयको अनुगमनमा फेला परेको जनाएको छ ।

धेरै खालीसिलिण्डर र अक्सिजनसहितका सिलिण्डर भण्डारण गरी राखेको अवस्थामा पाएको भन्दै उद्योगव्यवसायी र सरोकारवालालाई तत्काल कोभिड अस्पताललाई उपलव्ध गराउन परिपत्र समेत गरेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो ।

सरकारको निर्णय उल्लंघन गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अन्तर्गत कडा कारवाही गर्नेसमेत मन्त्रालयले जनाएको छ ।

सरकारले तत्काल विदेशी मुलुकबाट ५० हजार अक्सिजन सिलिण्डर ल्याउने निर्णय गरेको छ भने चीनबाट २० हजार सिलिण्डर ल्याउन प्रकृया अघि बढाइ सकेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति :