अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयको आग्रह : शय्या चाहिएमा यो नम्बरमा फोन गर्नू

स्वास्थ्य मन्त्रालयको आग्रह : शय्या चाहिएमा यो नम्बरमा फोन गर्नू


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्री र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव छ । बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।

ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबीसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।