अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल


काठमाठौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ ।

सिंहदरबारमा आफ्नै कार्यकक्षमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताउनुभयो ।

‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।