अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा भेट्न माधव नेपाल बुढानिलकण्ठमा

देउवा भेट्न माधव नेपाल बुढानिलकण्ठमा


काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुग्नु भएको छ । उहाँ आज साँझ देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुग्नु भएको हो ।

नेपाल पुगेको केहीबेरपछि अर्का नेता भीम रावल पनि देउवा निवास पुग्नुभएका स्रोतले जनाएको छ । रावल सवा ६ बजे देउवा निवास छिर्नुभएको थियो ।

बुधबार देउवासँग प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भेटवार्ता गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले भेटेको एक दिनपछि नेता नेपालले पनि देउवलाई भेट्नु भएको हो । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाउनुभएको छ ।