अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा एमाले स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक

बालुवाटारमा एमाले स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक


काठमाडौं- एमालेका स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाइएको छ । केहीबेर अघि प्रधानमन्त्रीको सचिवालयबाट टेलिफोन गरेर बालुवाटार बोलाइएको हो ।
आज स्थायी कमिटीका सदस्यहरुलाई बालुवाटार बोलाइएको नेता छविलाल विश्वकर्माले नेपाली बहस डट कमलाई जानकारी दिनुभयो । ‘बैठक अनापाचारिक हो । सबै सदस्यहरु आउनुहुन्छ आउनु हुन्न थाहा भएन’ विश्वकर्माले भन्नुभयो ‘छलफल पार्टी भित्रको विवाद समाधानका लागि भएका प्रयास, प्राप्त उपलब्धी र राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार टुंग्याउने भन्ने बिषयमा छलफल होला ।’
स्थायी कमिटीको अनौपचारिक छलफल पछि प्रधानमन्त्री ओली र नेता नेपालबीच पार्टी केन्द्रीय कार्यलय थापाथलीमा वार्ता तय भएको छ ।