अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपचुनाव : नेमकिपाबाट तामाङको उम्मेदवारी

राष्ट्रियसभा उपचुनाव : नेमकिपाबाट तामाङको उम्मेदवारी


काठमाडौं- जेठ ६ गते हुने वागमती प्रदेशतर्फको राष्ट्रियसभा उपचुनावको लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दर्ता गराएको छ ।

नेमकिपाले काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको हो । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु बस्नु भएको छ ।

एमालेबाट गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिनु भएको छ । त्यस्तै, खिमलाल देवकोटाले पनि उम्मेदवारी दिनुभएको छ ।