अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालसँग पाण्डे र दुगडको भेट : साथीहरूसँग सल्लाह गरेर प्रधानमन्त्रीसँग भेट्छु

माधव नेपालसँग पाण्डे र दुगडको भेट : साथीहरूसँग सल्लाह गरेर प्रधानमन्त्रीसँग भेट्छु


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वसर्तहरू छोडेर पार्टी एकताका लागि आफू प्रतिवद्ध भएको बताउनुभएको छ ।

केही बेरअघि आफ्नै निवास कोटेश्वरमा आफूनिकट नेता सोमप्रसाद पाण्डे र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडसँगको भेटघाटमा नेता नेपालले सो कुरा बताउनु भएको हो ।

भेटघाटपछि नेपाली बहस डट कमसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका पाण्डेले भन्नुभयो, ‘हिजो राष्ट्रपतिसँग उहाँको धेरै कुरा भएको रहेछ । त्यसपछि माधव कमरेड सकारात्मक पनि हुनु भएको छ । आज प्रधानमन्त्रीसँग भटौँ भन्यौ हामीले । उहाँले साथीहरूसँग सल्लाह गरेर भेट्ने हो भन्नुभएको छ ।’

काटेश्वरको सन्देश लिएर पाण्डे अर्थमन्त्री विष्णु पौडेललाई भेट्न जानुभएको छ । दुगडका अनुसार नेता नेपालले अहिले सहमति खोज्न सकिने कुरामा सहमति खोज्ने बाँकी कुरालाई व्यवस्थापन गर्दै जाने कुरामा आफू सकारात्मक भएको प्रतिक्रिया पाण्डे र दुगडलाई दिनुभएको छ ।

‘अब मिलेर जाने हो समस्याहरूलाई व्यवस्थापन गर्दै जाने । छलफल गर्दै टुंगो लगाउदै जाने भन्नुयो,’ दुगडले नेपालको भनाइ उधृत गर्दै भन्नुभयो, ‘म प्रधानमन्त्रीसँग छलफल गर्न तयारै छु । तर, आजचाँहि साथीहरूसँग सल्लाह गर्छु भन्नुभएको छ ।’

तीन दिनदेखि नेता पाण्डे र सल्लाहकार दुगड प्रधानमन्त्री र नेता नेपालको भेट गराउन प्रयासरत हुनुहुन्छ ।