अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

९१९६ जना संक्रमित, ५० जनाको मृत्यु

९१९६ जना संक्रमित, ५० जनाको मृत्यु


काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १ सय ९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

१९ हजार ९८७ जनाको पीसीआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् ।