अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार स्वास्थ्यकर्मीले धान्दैछन् धादिङ जिल्ला अस्पताल

चार स्वास्थ्यकर्मीले धान्दैछन् धादिङ जिल्ला अस्पताल


काठमाडौं । धादिङमा स्वास्थ्यकर्मीलाई नै कोभिड संक्रमण देखिएपछि बिरामीको उपचारमा थप जटिलता थपिएको छ ।

जिल्ला अस्पताल धादिङका ३६ जना स्वास्थ्यकर्मी कोभिड-१९ बाट संक्रमित भएपछि अस्पताल अहिले चार जना स्वास्थ्यकर्मीले धानेका छन् ।

अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि आकस्मिक सेवा र ज्वरो क्लिनिकको जिम्मा दुई÷दुई जना स्वास्थ्यकर्मीले लिनुभएको छ ।

अहिले अस्पतालको ओपीडी सेवा भने बन्द गरिएको छ । आकस्मिक कक्षमा दुई जना स्वास्थ्यकर्मीले चौबीसै घण्टा खटेर सेवा दिइरहनुभएको छ ।

जिल्लामा रहेको ५० बेडको कोभिड कक्षमा एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहनु भएको छ । उहाँले रातदिन खटेर सेवा प्रवाह गर्नु भएको अस्पतालले जनाएको छ ।

अस्पताललाई अक्सिजन ढुवानी गर्ने साधनको भने निकै समस्या परेको छ । अक्सिजनको सिलिन्डर काठमाडौं लैजान र ल्याउन एम्बुलेन्सकै प्रयोग गर्नु परेको अस्पतालले जनाएको छ ।

जिल्लामा शुक्रबार मात्रै १ सय २ जना संक्रमित थपिएका थिए । संक्रमितको उपचार र व्यवस्थापन गर्न थप संकट थपिँदै गएको छ ।

धादिङमा अहिले सक्रिय संक्रमितको संख्या ६ सय १३ जना छ । जसमध्ये ४ सय २६ जना जिल्ला भित्र र १ सय ८७ जना जिल्ला बाहिरका विभिन्न आईसोलेसनमा रहेका छन् । जिल्लामा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।