अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरोसेल खोपले पायो विश्व स्वास्थ्य संगठनको अनुमति

भेरोसेल खोपले पायो विश्व स्वास्थ्य संगठनको अनुमति


काठमाडौं- चीनले उत्पादन गरेको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

भेरोसेल चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिडविरुद्धको खोप हो ।

चीन सरकारले नेपाललाई सहयोग स्वारूप उपलब्ध गराएको आठ लाख भेरोसेल खोप नेपालमा लगाइसकिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुमति अगावै यो खोप नेपाल र चीन सहित विभिन्न देशमा गरी एक करोड ५० लाख मानिसले लगाइसकेका छन् ।

यो खोप युरोप बाहिर भएको अनुसन्धानबाट बनेको विश्व स्वास्थ्य संगठनको अनुमति प्राप्त कोभिडको पहिलो खोप हो । यसअघि विश्वस्वास्थ्य संगठनले फाइजर, आस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइएको थियो ।

चिनियाँ कम्पनीले थोरै मात्रामा उत्पादन गरेकाले सुरूमा यस खोपको विश्वसनीयता माथि प्रश्न उठेका कारण अनुमति दिन ढिलाई भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोपको सुरक्षा, प्रभावकारिता र गुणलाई शुक्रबार संगठनले पुष्टि गरेसँगै आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।

विश्वस्वास्थ्य संगठनले भेरोसेल खोप १८ वर्षभन्दा माथिकालाई दुई मात्रा दिन सिफारिस गरिएको छ । संगठनले अर्काे चिनियाँ खोप सिनोभ्याक्स र रुसको स्पुतनिक भी को बारेमा पनि अनुसन्धान गरिरहेको र चाँडै नै निर्णय सार्वजनिक गरिने जनाएको छ ।

विश्वस्वास्थ्य संगठनले भेरोसेल खोपको प्रभावकारिता ७९ प्रतिशतसम्म रहेको समेत जनाएको छ ।

संगठनको अनुमतिसँगै अब विभिन्न देशका स्वास्थ्य निकायले स्वास्थ्य संस्थालाई भेरोसेल खोपको प्रयोग गर्न अनुमति दिन सक्ने छन् ।

भेरोसेल खोपले अनुमति पाएसँगै विश्वव्यापी रुपमै खोपको उपलब्धता वृद्धि हुने र कोभिड-१९ विरुद्धको लडाईँमा थप बल पुग्ने विश्वास लिएको संगठनले जनाएको छ । -एजेन्सीहरूको सहयोगमा