काठमाडौं- एमाले विवाद मिलाउन वरिष्ठ नेता माधवकुमार नेपालसँग अन्तिम संवादको तयारी भएको छ ।
विवाद मिलाउनका लागि संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल माधव नेपाल निवासमा जाने तयारीमा हुनुहुन्छ ।
नेम्वाङका अनुसार नेता नेपालसँग भेटघाटको प्रयास भइरहेको छ । ‘हामी संवाद गर्ने तयारी गर्दैछौँ । हेरौँ परिणाम के आउँछ,’ नेम्वाङले भन्नुभयो ।
स्रोतका अनुसार नेम्वाङ र पौडेलसँग सहमतको खाका तयार भएमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच संवाद गराउने तयारी छ ।
प्रतिक्रिया