अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ८ हजार ८५० जनामा कोरोना संक्रमण

देशभर आज ८ हजार ८५० जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा देशभर ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८ हजार ७ सय ७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौं उपत्यकामा मात्र ४ हजार १ सय ९८ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार १६१ जना काठमाडौं जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै, देशभर थप ८८ जना संक्रमितको मृत्युको भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको मन्त्रालयले जनाएको छ ।