अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ


गोरखा- नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताउनुभएको छ ।

सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उहाँले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । ‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’

प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक-आर्थिक रूपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोभिड नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाउनुभयो ।

‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौं भनेर निर्णय गरिसकेका छौँ ।’