अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले दिएको समय सिमाको प्रधानमन्त्रीद्वारा वेवास्ता

माधव नेपालले दिएको समय सिमाको प्रधानमन्त्रीद्वारा वेवास्ता


काठमाडौं -माधव नेपाल समुहले आज विहान नौ बजेसम्म प्रधानमन्त्रीलाई सहमतीका समय दिएको भए पनि प्रधानमन्त्रीले यसलाई वेवास्ता गर्नुभएको छ ।
‘अब उहाँहरुका कुरा सुनेर सहमतीको आशा गर्नु बेकार छ ।

पार्टी र संसदीय दलको विधान बमोजिम अब अगाडी बढीन्छ’ संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाली बहस डटकलाई भन्नुभयो ‘हिजो हामी छलफलमा बस्दा अब पार्टीमा एक आपसमा आक्षेप लगाउने गरी कुनै काम नगर्ने सहमती भएर निस्किएको तर तत्काल आफू निकटको बैठक र राती विज्ञप्ती निकालेर माधव कमरेडले सहमतीको उल्लंघन गर्नुभयो ।’
नेता  नेपालले पार्टी ‘फूटाउनका लागि मध्यरातसम्म साँसदहरुलाई टेलिफोन गरेर तयारी अवस्था रहन भन्नुभएको छ
स्रोतका अनुसार विभिन्न साँसदहरुलाई फोन गरेर आज विहान नौ बजे सिंहदरबार संसद सचिवालयमा जम्मा हुने ,त्यहाँ सामुहिक राजिनामा दिने र नयाँ पार्टी खोल्ने तयारी गर्ने भन्दै उहाँले फोन गर्नुभएको हो ।
एक साँसदले दिएको जानकारी अनुसार फोन गरेको केही बेरमा नेपालमा नाममा प्रधानमन्त्रीलाई छ वटा माग राखेको एउटा अपिल सार्वजनिक भएको थियो ।