अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा प्रस्तावको पक्षमा छैन, विपक्षमा पनि छैन : महन्थ ठाकुर

जसपा प्रस्तावको पक्षमा छैन, विपक्षमा पनि छैन : महन्थ ठाकुर


काठमाडौं- राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले जसपा प्रस्तावका पक्ष वा विपक्षमा नरहेको बताउनुभएको छ ।

‘मधेसीहरू पीडितहरू अवस्थामा भएको सांसदहरू जेलमा, प्रदेशका मन्त्रीहरू तारेखमा छन्,’ ठाकुरले भन्नुभयो, ‘किनकी यो संविधानमा त्रुटी छ । त्यसैले हामी संविधानको संसोधन चाहन्छौँ ।’

साथै, अध्यक्ष ठाकुरले आफ्ना मुद्दाहरू सरकार समाधान गर्न उन्मुख भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवादसमेत दिनुभयो ।

‘विभिन्न चरणका मधेस आन्दोलनका पक्राउ परेका मुद्दा परेकाहरूलाई रिहा गर्ने र मुद्दा फिर्ता लिने काम सुरू भएकोले उहाँप्रति आभारी छौँ,’ ठाकुरले भन्नुभयो ।