अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयको निर्देशन : सीसीएमसीको निर्देशन बमोजिम अक्सिजन वितरण गर्नुस्

स्वास्थ्य मन्त्रालयको निर्देशन : सीसीएमसीको निर्देशन बमोजिम अक्सिजन वितरण गर्नुस्


काठमाडौं- स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभरका अस्पतालहरूमा सीसीएमसीको निर्देशनअनुसार मात्र अक्सिजन बिक्री र वितरण गर्न निर्देशन दिएको छ ।

सोमबार केन्द्रका प्रमुख डा समिर कुमार अधिकारीले सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको तथ्यांकमा आधारित रहीदेशभरका अस्पतालहरूमा अक्सिजनको वितरण व्यवस्थापन कोभिड-१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशन अनुसार गर्न गराउन निर्देशन दिनुभएको हो ।

सूचनामा भनिएको छ, ‘स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको तथ्यांकमा आधारित रही देशभरका अस्पतालहरूमा अक्सिजनको आवश्यकतामा आधारित वितरण व्यवस्थापन कोभिड-१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट गर्ने व्यवस्था मिलाउने भनी २०७८-१-२६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैमा सोअनुसार गर्नु÷गराउनु हुन जानकारी गराइन्छ ।’