अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताजा जनादेशमा जानु नै प्रजातान्त्रिक बाटो : सांसद सुवाल

ताजा जनादेशमा जानु नै प्रजातान्त्रिक बाटो : सांसद सुवाल


काठमाडौं- नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले राजनीतिक अन्योलको निकास ताजा जनादेश भएको बताउनुभएको छ ।

संघीय सांसद सुवालले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै राजनीतिक अन्योल हटाउन जनताको बीचमा जानुको विकल्प नभएको बताउनुभयो । ‘जनताको ताजा जनादेश लिनु अथवा ताजा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो’, सुवालले भन्नुभयो ।

वैकल्पिक सरकारको प्रस्ताव गर्ने कांग्रेस र माओवादीसँग समेत कुनै कार्ययोजना नभएको उहाँले बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियताको रक्षा, नागरिकको रक्षा, सुशासन र विकासमा वैकल्पिक सरकार गठनको प्रस्ताव ल्याउने दलको कुनै योजना नरहेको बताउनुभयो ।

सत्ताको लागि विचार नमिन्ने बीचको एकता र गठबन्धनले काम गर्न नसक्ने कुरा विगतको अभ्यासबाट प्रमाणित भइसकेको सुवालको भनाइ छ ।

संवैधानिक परिषद् सत्ता र प्रतिपक्षको भागवण्डाको थलो नभएको पनि उहाँले बताउनुभयो ।

खुल्ला सिमा बन्द नगरेसम्म नेपालमा नागरिकता समस्या समाधान नहुने विज्ञको मत रहेको प्रति उहाँले सभाको ध्यानाकर्षण गराउनुभयो । कोभिड नियन्त्रण गर्न भारतीय नाकामा जाच गर्ने व्यवस्था मिलाउन र उचित औषधी उपचारको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो ।