अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

०७५ को जेठ २ मा होइन ०७८ को जेठ २ तिर बढौं : थापा

०७५ को जेठ २ मा होइन ०७८ को जेठ २ तिर बढौं : थापा


काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टी २०७५ जेठ २ मा फर्कने होइन २०७८ जेठ २ मा अघि बढ्नु पर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै थापाले एमालेलाई महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढ्न आह्वानसमेत गर्नुभएको छ ।

हिजो प्रधानमन्त्रीले राखेको विश्वासको मत दिन अनुपस्थित हुने २८ जना सांसदहरूप्रति लक्षित गर्दै थापाले लेख्नुभएको छ ‘सुकेका पात झर्छन्, चिन्ता नगरौं ।’