काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको सामाखुसीमा सरकारले सञ्चालन गर्न लागेको ८८ बेडको अक्सिजन थेरापीसहितको उपचार केन्द्रको निरीक्षण गर्नु भएको छ ।
उहाँले आज सो उपचार केन्द्रको निरीक्षण गर्नु भएको हो ।
उपप्रधानमन्त्री पोखरेलले निरीक्षण स्थलबाटै मुख्य सचिव र काठमाडौं महानगरपालिकाका मेयरलाई फोन गरी आइसोलेशन सेन्टर सञ्चालनका लागि प्रबन्ध गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया