काठमाडौं- काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले हाललाई पीसीआर परीक्षण सेवा स्थगित गरेको छ ।
अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले विषेश कारणवस पीसीआर परीक्षण रोक्नु परेको बताउनुभयो ।
डा. भण्डारीले एक सूचना सार्वजनिक गरी सो कुराको जानकारी दिनुभएको हो ।
कोभिड-१९ संक्रमितको मात्रै उपचार गर्दै आएको अस्पतालले किटको अभाव भएपछि परीक्षण स्थगित भएको जनाएको छ ।
प्रतिक्रिया