अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महन्थ–राजेन्द्र शीतल निवासमा, जसपा बहुमतीय सरकारमा सहभागी नहुने जानकारी

महन्थ–राजेन्द्र शीतल निवासमा, जसपा बहुमतीय सरकारमा सहभागी नहुने जानकारी


काठमाडौं– राष्ट्रिय जनता पार्टीले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ ।

राजपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाउँदै बहुमतीय सरकारमा सामेल नहुने जानकारी गराएको हो ।

राजपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस–माओवादी केन्द्रसँग मिलेर सत्ता गठबन्धनमा सहभागी हुने तयारी गरेपछि ठाकुर र महतोले त्यसमा पार्टी समर्थन नरहेको जानकारी गराउनुभएको हो । ‘उहाँहरु दुवैजना आएर पत्र बुझाएर जानुभएको छ,’ राष्ट्रपति कार्यलय स्रोतले नेपाली बहस डटकमसँग भन्यो ।

राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको म्याद बिहीबार राति ९ बजे सकिँदैछ ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैशाख २७ गते राति विज्ञप्ती जारी गर्दै अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताउनुभएको छ । ‘सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कुरा जसपा नेपालको उद्देश्य विपरीत हो,’ उहाँको भनाइ थियो ।

वैकल्पिक सरकार निर्माण कार्यमा लाग्नु देशमा अस्थिरता बढाउनु, मधेस आन्दोलनका एजेण्डा सम्बोधन अझै अनिश्चियतर्फ धेकेलिनु हो भन्ने ठाकुरको ठहर रहेको छ । ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसी, थारु, दलित, मुस्लिम, सिमान्तकृत लगायतका मुद्दाहरु फिर्ता गर्ने काम गरेको स्मरण गर्नुभएको थियो ।