अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संयुक्त सरकारको पक्षमा हस्ताक्षर गर्न सांसद थापालाई दबाब

संयुक्त सरकारको पक्षमा हस्ताक्षर गर्न सांसद थापालाई दबाब


काठमाडौं- गण्डकी प्रदेशमा कांग्रेस-माओवादी संयुक्त सरकार गठनको पक्षमा हस्ताक्षर गर्न राष्ट्रिय जनमोर्चाको सांसद कृष्ण थापालाई व्यापक दबाब दिइएको छ ।

संयुक्त सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय सकिनै लाग्दा जनमोर्चाको संसदीय दलका नेता समेत रहनुभएका थापालाई वैकल्पिक सरकार गठनको पक्षमा हस्ताक्षर गर्न व्यापक दबाब परेको छ ।

गण्डकीमा संयुक्त सरकार गठनको लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज अपरान्ह सकिँदै छ । आज अपरान्हसम्म कांग्रेस, माओवादी लगायतको गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर बुझाउन नसके संयुक्त सरकार बन्ने छैन । त्यस्तो अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले एमालेको नयाँ सरकार बन्ने छ ।

६० सदस्सीय प्रदेश सभामा एमालेका एक स्वतन्त्र सहित २८ सांसद छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । संयुक्त सरकारको लागि कांग्रेस, माओवादी र जसपाका सांसद् र जनमोर्चाका अन्य सांसद हस्ताक्षर गरेपनि संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ । उहाँले हस्ताक्षर नगरेसम्म संयुक्त सरकार गठनको पक्षमा बहुमत पुग्दैन ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान थापाको हस्ताक्षरको प्रयास जारी रहेको बताउनुभयो । छलफलमै छ, जनमोर्चाको स्टेपहरू अघि बढाइ रहेको छ, कि सही गर नत्र कारबाहीमा पर्छौ भनेर दबाब दिइरहेको छ, अन्तिमसम्म उहाँ सही गर्न तयार हुनुहोला वा जनमोर्चाले कारबाही गरेर उहाँको सांसद् पद खाली गर्ला’, चुमानले भन्नुभयो ।

जनमोर्चाले प्रक्रियामा रहको भन्दै आफूहरूलाई झुलाई रहेको चुमानले बताउनुभयो । ‘उहाँहरू प्रक्रिया प्रक्रिया भन्नुहुन्छ, हाम्रो वा अरू कुनै पार्टीको भए हिजै खाली भइसक्थ्यो, तै पनि उहाँले हस्ताक्षर गर्नुहोला भन्नेमा जनमोर्चा हामी पनि आशावादी भएका छौँ’, उहाँले भन्नुभयो ।