अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव समूहमा विवाद

७० आसपासका नेता फुटाउने पक्षमा, ५०–६० का नेता एकताका पक्षमा

७० आसपासका नेता फुटाउने पक्षमा, ५०–६० का नेता एकताका पक्षमा


काठमाडौं– सांसद पदबाट राजीनामा दिने कि नदिने भनेर माधव नेपाल समूहभित्र विवाद चर्किएको छ ।

बुधबारको स्थायी कमिटीको जुम बैठकपछि यो विवाद झन् उछालिएको छ । खासगरी यो गुटका ७० वर्ष कटेका र त्यसको आसपासको उमेरका नेताहरु सांसदबाट राजीनामा दिने र नयाँ पार्टी बनाउने अडानमा हुनुहुन्छ । ‘झलनाथ, माधव, वेदुराम, अष्टलक्ष्मी लगायतका नेताहरु अविलम्ब राजीनामा दिएर नयाँ पार्टी बनाउने अभियानमा हुनुहन्छ,’ स्रोतले भन्यो, ‘तर यो गुटका ५०–६० को उमेर समूहका नेताहरु राजीनामा नगरी केपी ओलीसँग अन्तरविरोध राख्दै एमालेमै बस्नु पर्छ भन्ने लाइनमा छन् ।’

दोस्रो धारमा सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई लगायत हुनुहुन्छ । पार्टी फुटाउनु पर्छ भन्ने धारमा वामदेव गौतमको पनि साथ रहेको छ । गौतमले केही दिन अघि पार्टी फुटेमा आफूले माधव–झलनाथलाई साथ दिने सार्वजनिकरुपमा बताउनुभएको थियो ।

नयाँ पार्टी बनाउनु पर्छ भन्नेहरु आफूहरु समानुपातिक सूचीमा बसेर संसदमा प्रवेश गर्ने योजनामा हुनुहुन्छ । पार्टी फुटाउनु हुँदैन भन्नेहरु फुटेको पार्टीले चुनाव नजित्ने निष्कर्ष नेतृत्वलाई सुनाउनु भएको छ । ‘उहाँहरु फुटेर जाँदा २०५६ मा मालेको हैसियतमा पुगिने निष्कर्ष सुनाउनु भएको छ,’ स्रोत भन्छ ‘तर वृद्ध नेताहरु ०५६ मा मालेले ६ लाख भोट ल्याएको थियो । त्यती बेला समानुपातिकको व्यवस्था थियो भने कति मान्छे संसदमा छिर्थे भनेर हिसाब देखाइरहनु भएको छ ।’