अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले समाप्त पार्ने माधव नेपालको योजना पूरा गर्न दिन्नौं : कर्ण थापा

एमाले समाप्त पार्ने माधव नेपालको योजना पूरा गर्न दिन्नौं : कर्ण थापा


काठमाडौं- नेकपा एमाले सदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले एमालेका कुनै पनि सांसदले पदबाट राजीनामा दिन नसक्ने बताउनुभएको छ ।

पार्टी समाप्त पार्न कसम खाएकाले मात्र सांसद पदबाट राजीनामा दिने उहाँले बताउनुभयो । ‘देउवा र प्रचण्डसँग मिलेर माधवकुुमार नेपालले पार्टी समाप्त पार्न कसम खानुुभएको छ, त्यसैले उहाँहरु सांसद् पदबाट राजीनामा दिने कुरा गर्दै हुनुहुन्छ,’ थापाले भन्नुुभयो ।

माधव गुुटभित्र केही मान्छे मात्र सांसद पदबाट राजीनामा दिने र पार्टी फुुटको पक्षमा रहेको थापाले बताउनुुभयो । राजीनामा गरेर माधव गुुटले पार्टी र आफ्नो हत्या गर्न खोजेको उहाँको आरोप छ ।

‘राजीनामा भनेको आत्महत्या हो । यसकारण उहाँहरूप्रति सहानुुभूति बाहेक केही व्यक्त गर्न सकिन्न, एमालेमा पार्टी समाप्त पार्न आत्महत्या गर्नेको संख्या चार/पाँच जना मात्र हो,’ थापाले भन्नुुभयो, ‘माधवकुमार नेपाल, भीम रावल, भलनाथ खनाललगायतका केहीले मात्र राजीनामा गर्नुहुुन्छ, अरू सबै एकताको पक्षमा हुुनुुहुुन्छ ।’

जे गरेर पनि एमाले समाप्त पार्ने भन्ने माधव नेपालले वचन दिइसक्नु भएको थापाको भनाइ छ । ‘आत्महत्या गरेर भए पनि एमाले समाप्त पार्ने माधव नेपालको योजना पूरा गर्न दिन्नौं,’ थापाले भन्नुभयो ।

फ्लोर क्रस गर्नु र राजीनामा दिनुु पार्टी विभाजन गर्नु मात्र नभएर जनताको मतको दुरुपयोग गर्नुसमेत भएको थापाको धारणा छ । सो गुुटले राजीनामा गरेर गए राजनीतिबाट लोप भएर जाने निश्चित भएको उहाँले बताउनुुभयो । थापाका अनुुसार प्रचण्डलाई खुुशी पार्न माधव गुुटले हर प्रयास गर्ने देखिएको छ ।

पार्टी भित्रका अधिकांश नेतासँग भने अझै मेलमिलाप गर्न वार्ता भईरहेको थापाले बताउनुुभयो । पार्टी एकता कायम राख्न गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसाललगायतसँग वार्ता भइरहेको थापाको भनाइ छ ।

एमाले अहिले पनि एक जुट रहेको उहाँको भनाई छ । ‘माधव नेपालको विभाजनको योजनामा गोकर्ण, योगेशलगायतका नेता हुुनुुहुुन्न, उहाँहरूसँग लगातार वार्ता भइरहेको छ, केही भाइरसबाहेक एमाले अहिलेसम्म पनि एकजुुट नै छ,’ थापाले भन्नुुभयो ।