अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई महन्थको पुरानै जवाफ- जसपाको भर नपर्नू

देउवालाई महन्थको पुरानै जवाफ- जसपाको भर नपर्नू


काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पुन: नयाँ सरकार गठनमा जसपाको भर नपर्न सुझाव दिनुभएको छ ।

ठाकुुरले देउवालाई सरकार गठनको विषयमा जसपा तटस्थ बस्ने निर्णय भएको सन्देश दिनुभएको हो । उहाँले यसअघिको भेटमा पनि देउवालाई भर नपर्न सुझाव दिनुभएको छ ।

देउवा निवास बुढानिलकण्ठमा बिहीबारदेउवा, ठाकुर र राजेन्द्र महतोबीच भेट भएको हो । ठाकुरले कांग्रेस गठबन्धनलाई समर्थन जनाउननसक्ने निर्णय सुनाउनुभयो । राष्ट्रपतिलाई सरकार गठनको पक्षमाजसपा नरहेको भन्दै यसअघि नै ठाकुरले पत्र पठाइसक्नुु भएको छ ।

ठाकुरपक्षले सुरु देखिनै सरकार गठनमा तटस्थ रहेको भन्दै कांग्रेसलाई भर नपर्न आग्रह गरेका छ । तर, जसपाको उपेन्द्र यादव समूह भने सरकार गठनको पक्षमा रहेको छ । आफू पहिलो अध्यक्ष रहेको भन्दै यादवले गरेको निर्णय मान्यनहुने ठाकुरले राष्ट्रपतिलाई भनिसक्नुु भएको छ ।

जसपाको निर्णयसँगै नर्याँ सरकार गठन गर्न देउवालाई सकस हुने देखिएको छ । राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समय आज राति नौ बजे सकिँदै छ ।