अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली-नेपाल वार्ता अपडेट : तीन राउण्ड चिया, कोही बेला ठूलो स्वर, कोही बेला सुस्तरी

ओली-नेपाल वार्ता अपडेट : तीन राउण्ड चिया, कोही बेला ठूलो स्वर, कोही बेला सुस्तरी


काठमाडौं- एमाले विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच करिब तीन घण्टा देखि भइरहेको वार्ता बुढानिलकण्ठमा अझै जारी छ ।

स्रोतका अनुसार यस बीचमा दुई नेताहरूलाई तीन पटक चिया थपिएको छ । ‘कोही बेला अली कडा स्वरमा कोही बेला सुस्तरी बोलेको आवाज सुनिन्छ,’ स्रोतले भन्यो, ‘तर वार्ता कुन मोडमा गइरहेको छ भनेर यकिन थाहा छैन ।’