अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजी अस्पताललाई मन्त्रालयको निर्देशन : १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू

निजी अस्पताललाई मन्त्रालयको निर्देशन : १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीजि अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।

आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले सम्पूर्ण नीजि अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरेर जानकारी गराउन निर्देशन दिएको हो ।

‘महामारीको समयमा अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन कम्तिमा सय बेड भएका सम्पूर्ण नीजि अस्पतालहरूले अस्पतालमा आजको मितिले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी यस मन्त्रालयमा जानकारी गराउनुहुन अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि पछिल्लो दिनहरूमा अक्सिजनको माग पनि बढिरहेको छ ।

मन्त्रालयको सूचना :