अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बालुवाटारमा


काठमाडौं- जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा जानुभएको छ ।

ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्ने बताइएको छ ।

आजै मात्र प्रधानमन्त्री ओलीले नेकपा एमाले नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नु भएको छ । साथै, आज नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पनि भेटावार्ता भएको छ ।

कांग्रेस-माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अब एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री नियुक्त हुने पक्का जस्तै भएको छ ।