अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त हुने निश्चित

प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त हुने निश्चित


काठमाडौं । कांग्रेस-माओवादी लगायतका दलहरूले बहुमत पुर्‍याउन नसकेपछि ठूलो दलको अध्यक्षको रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुने निश्चित भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनअघि संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतसिद्ध गरेर दलहरूलाई प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गर्नु भएको थियो ।

यसबीचमा कांग्रेस र माओवादीले प्रयास गरे पनि त्यो संख्या पुर्‍याउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको पुनःनियुक्ती हुने निश्चित भएको हो । संसद्मा सबभन्दा ठूलो दल नेकपा एमालेको १ सय २१ सिट छ ।

राष्ट्रपतिका कार्यलय स्रोतका अनुसार प्रधानमन्त्रीको सपथ भोलि हुनेछ । ‘राष्ट्रपति ज्यूले संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार बनाउन दिएको म्याद आज राति ९ बजेसम्म हो । त्यो समय अझै बाँकी छ,’ स्रोतले नेपाली बहस डट कमसँग भन्यो, ‘यो धारा अनुसारको दाबी पुगेन भने धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्रीको नियुक्ती भोलि हुन्छ । सपथ पनि शायद भोलि नै होला ।’