अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेकै मन्त्रीहरुलाई नै निरन्तरता दिने तयारीमा प्रधानमन्त्री

अहिलेकै मन्त्रीहरुलाई नै निरन्तरता दिने तयारीमा प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलेअहिलेकै मन्त्रीहरुलाई नै निरन्तरता दिने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत नलिएसम्म अधिकांश अहिलेकै मन्त्रीलाई निरन्तरता दिने तयारी गर्नुभएको हो । बालुवाटारमा विगतकै मन्त्रीहरुलाई शपथका लागि शीतल निवास आउन भन्दै फोन आइरहेको छ ।

जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने र एमालेभित्रको माधवकुमार नेपाल समूह पनि मन्त्रिमण्डलमा सहभागी नहुने भएकाले अहिलेकालाई नै निरन्तरता दिने तयारी प्रधानमन्त्रीको छ ।

जसपा र नेपाल समूह सरकारमा सहभागी गराउने बेलामा मात्र मन्त्रिमण्डलमा नयाँ सदस्य थपिनेछन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार २ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथग्रहण गर्दै हुनुहुन्छ । लगत्तै मन्त्रीहरुलाई पनि राष्ट्रपतिले त्यहीँ प्रधानमन्त्रीका सामु सपथग्रहण गराउने तयारी छ ।

जेठ १० मा पदावधि सकिने दुई जना मन्त्रीहरु मणि थापा र दावा लामालाई भने निरन्तरता दिनेबारे भने प्रधानमन्त्रीले कानूनी परामर्श गर्नुभएको छ ।