अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीमा शपथका लागि ओली शीतल निवास प्रस्थान

प्रधानमन्त्रीमा शपथका लागि ओली शीतल निवास प्रस्थान


काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली शपथका लागि शीतल निवास प्रस्थान गर्नुभएको छ ।

बालुवाटारस्थित सरकारी निवासबाट उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको स्रोतले जनाएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार दिउँसो २ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ गराउने तयारी छ ।

कोरोना संक्रमणको महामारीका कारण शपथ समारोहमा सीमित विशिष्ट व्यक्तिलाई मात्र आमन्त्रण गरिएको छ । शपथलगत्तै ओलीले शुक्रबार नै सिंहदरबार गएर पदभार सम्हाल्ने कार्यक्रम छ ।