अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदनलाई खोजी हिँड्दा

मदनलाई खोजी हिँड्दा


‘सर, मदन भण्डारीले पिसाब फेर्ने ढुङ्ग्रो यहि हो’

बयरबन मोरङ्गका अधबैँशे दलबहादुर थामीले मलाई वाँसको सुककेको ढुङ्ग्रो देखाए । डोरीको उजिन्डो लगाएको, चर्केको ढुङ्ग्रो हेरेर मैले फोटो खिचें।

किन राख्नु भएको घरमा?’ प्रश्न गरें।

‘कता फ्याँकौँ त? जननेताको चिनो नै यत्ति हो।’– उनले जवाफ दिए ।

‘यसमा त अरुले पनि पिसाब फेरे होला नि ?’ फेरि सोधे।

‘नाई, अरू त चुठुवामा गर्थे मदनलाई बाहेक अरूलाई दिन्नथें ।’

‘किन?’

उनले भने- ‘म मधेश झर्दा २० वर्षको थिएँ। पढेलेखेको थिएन । भनौत काँचो माटो। उद्दण्ड स्वभावको , जोसँग पनि भिडीहाल्ने । मान्छे नकुटेको. दिन निन्द्रा नलाग्ने । यहि मोरङ्गको अमरदहमा सुगा भन्ने ठाउँ छा त्यहाँ एउटा टाडे घर थियो मेरो । बास मात्र बस्थे । अरूबेला जमिन्दारहरूको पछुवा । भर्खर झोडा खुलेको थियो। ठूलाठूला जमिन्दारहरू थिए । लप्टन बलबहादुर, उनकाजोडी नरमान, सरले नामसुन्नु भएको छ? उनीहरूत राजा जत्तिकै थिए ।

म भोजपुरबाट ०२८ सालमा इटहरा आएको हुँ । मदन र हाम्रो घर दुईमिनेट को फरकमा थियो । भर्खर झोडा फाँडेर बसेका, कोही कसैसँग चिरजान थिएन । विस्तारै चिनजान हुदै गयो । आनीबानी जानिदै गयो ।

म नयाँ मान्छे । बल हिम्मतले भरिएको । जहां रक्सी,मासु भेट्छु, त्यतै लहसिने। ठ्याक्कै साथी बनाए नरबुङका छोरा र उनकालठैताहरुले।जमिन्दारहरू घोडामा हिड्थे। हामीलाई अघिपछि लगाउँथे ,ल केटा हो भोकायौ होला, खाओ भनेर मासु, रक्सी खान दिन्थे । खुट्टा बटारिन थालेपछि ‘फलानो फलानोको धान लुटने,’ दिएन भने सुताइदिने भनेर सिकाउँथे। किसानले खेतमा सुकाएका रहरलाग्दा धानका बाला बिटो बाँधेर ल्याउँथ्यौँ । कोही रुन्थे। कोही प्रतिरोध गर्थे। बाँसका भाटाले ढल्ने गरी दिएपछि रुदै भाग्थे ,‘कोही कोही त ल यहिं मार’ भनेर सुतिदिन्थे। कट्नु, भौडा, मर्चनिया भन्ने ठाउँमा धान लुट्ने ग्याङको अगुवा थिएँ । सधैंभरी कम्मरमा

छड्के पारेर खुकुरी भिर्थे । कसैले निउ खोजे फुत्त निकाल्थे । लप्टन साबले उपहार दिनु भएको थियो।
दिन यसैगरी बित्दै थियो । ०३२ साल असोजतिर हुनुपर्छ , साँझतिर सरकारी कर्मचारीजस्ता एकजना मान्छे मेरो घरमा आए। आँगनमा उभिएर पल्यापुलुक हरे । मैले बरण्डाबाट देखें। ‘को हो, कसलाई खोजेको?’ झ्वाँक निकालेर सोधे । प्रहरी, वनको कर्मचारी, सरकारी कर्मचारी जस्तो नदेखेर ठूलो स्वर पारें। तिनीहरू भए त मलाई परैबाट चिन्थे। नमस्कार गर्थें।

‘मत बटुवा हुँ । अलिक पर जानु पर्ने तपाइँको घरमा आइपुग्दा साँझ पर्यो । झोडाको बाटो,अलमल हुने होकि ! आजको रात बास पाइन्थ्यो कि?’ साधारण मान्छे रहेछ भनेर मैले बास दिएँ । ‘हजुर मत अरूको चामल खान्न । मेरो धर्मै यस्तो । भात पकाउने भाँडो पाए हुन्थ्यो ।’- पाहुनाले भन्यो। मेरी श्रीमतीले हाम्रै चामल पकाउनुस भनेर कर गरी। मैले पनि थपे । जिद्विवाल रहेछ पाहुना, पटक्कै मानेन् । हामीले खाइसकेपछि आफै पकाएर खाए।
सुत्ने बेलामा मेरो परिचय मागे। बुवा ,आमा, दाजुभाइ, दिदीवहिनी, छोराछोरी, ससुराली, मामली, साथीभाइ, पेशा यवसाय केही कुरा सोध्न बाँकी राखेनन् । बुढीले पनि चाख मानेर सुनी। मैले पनि त्यसको सातो जाओस भनेर गेकि दिए – ‘साथीभाईका कुरा गर्नु हुन भने लप्टन बलबहादुर, नरबुङ, उनका छोराहरू सबै मेरा साथी हुन् । यहाँका वनजाँचे, प्रहरी पनि मेरा साथी हुन्।’

‘त्यति ठूला ठूला साथी रहेछन् । घरत सामान्य रहेछ । गतिला मालमत्ता पनि केही देख्दिन ।’– उनले मर्ममै हाने। भोलिपर्सी होलानित’ भनेरजवाफ दिएँ । श्रीमतीका अगाडीलाजमर्नु पारे । ‘बिहान हिंड्नैबेलामा भने– ‘ल हजुर, यो बाटो हिँडिरहन्छु । फेरि फेरि बास दिनुहोला । साह्रै असल, धार्मिक मान्छे हुनुहुँदो रहेछ।’ उसले त मलाई झटारो हानेर गयो । रातभरि कुरा गरेको, उल्टो पो बुझेछ ।

‘कस्तोलच्छिनको पाहुना आयोनि, चामल बोकेर हिँडेको चै मन परेन ।’ बुढीले भनी । ‘हो हो, तर धेरै अन्तरवार्ता लिंदो रहेछ ।’ मैले भने ।

मेरो दैनिकी उही, अमरदह बजार जाने, थर्काएर खाने, खुट्टा बटार्दै आउँने । मालिकहरूले खोजे भने हाजिर हुने।
४-५ दिन भएको थियो होला, म जाँडले बरबराउँदै बसिरहेको थिए , आस्तिकै पाहूना पो टुप्लुक्कै आइपुग्यो। आँगनबाट नमस्ते गरेर भन्यो- ‘मत तपाइँको घरमा पाल्किए नि, बाटो छेउमै छ । पाहुनालाई माया गर्ने बानी रहेछ । आज पनि बास पाउँ है, साँझ परिहाल्यो।’

मेरो घरमा पाहुना लाग्न आउने, मलाई ज्ञानगुण सिकाउने मान्छे त मदन भण्डारी पो हुनुहुँदोरहेछ। मैले त्यसपछि लप्टनका मतियारहरूलाई ठिक गरें। किसानको धान जोगियो । पार्टीमा संगठित भएँ । मदनसँगै भूमिगत भए । उहाँ जहाँजहाँ जानुहुन्छ त्यहीँ त्यहीँ गए । एक किसिमले वडी गार्ड नै भए ।

नाई भन्नै नपाइ उसले झोला खावाँको चोकेमा झुण्डायो। मेरी बुढीलाई पनि नमस्ते गर्‍यो । भात पकाउने बेलामा उहि पारा दोहोर्‍यायो। झोलाबाट चामल झिक्यो र भाँडो माग्यो, आफै पकाएर खायो । मलाई पनिजाँडले छोड्दै गयो ।

फेरि सुत्ने बेलामा प्रश्नका भारीले थिच्यो- तपाइँले किन पढ्नु भएन, त्यस्ता ठूला ठूला मान्छे कसरी साथी भए, यत्रो गाउँभरिका मान्छेमा तपाइँलाईनै किन साथी बनाए ? तलब कति दिन्छन् ? बक्सिस दिन्छन दिदैनन । तपाईंले लुटिदिएको धान तपाईंलाई पनि दिन्छन कि एक्लै लान्छन् ? तपाई चैं गरिब तपाइँका साथी चैं धनी कसरी भए त? पाहुनाका प्रश्नले मलाई उल्टो मात लाग्यो । भोलि बोलौँ ल भनेर सुत्न गएँ ।

बिहान भयो। झोलीतुम्बा मिलाउँदै थिए, बुढीले भनि- खाना खाएर जानुन् । आज हाम्रै चामल खाऊँ।’
उनले त बस्ने सुर ल्याए , ‘हुन्छ तर चामल चाहिँ मेरै पकाउँछु भने । ल आफ्नो आफ्नो भात खाने तर तरकारी चाहिं एउटै खाउँ ल?’ मैले सोधेँ । उनले हुन्छ भने । कुखुरा खाँदा रहेछन । खोरको भाले काटे । ओहो ! भाउजुका कति मिठा हात’ रहेछन् भनेर फुक्र्याए । उसले झन् थपि थपि दिई । खाना खाइसकेपछि हिँड्लान् भनेको, रातीकै पाराल्याए– ‘दलबहादुर जी, अर्काको बाली लुटने बहादुर कि बाघ मार्ने वहादुर ? गरिबदुखीको पाकेको बाली लुटेर, उनलाई कुटेर धर्म हुन्छ कि सेवा गरेर? कस्ता मान्छे स्वर्ग जान्छन् कस्ता मान्छे नर्क जान्छन् ?, तपाइँलाई गरिव, दुखी देख्दा माया लाग्छ कि लाग्दैन?’ हाँसी हाँसी सोधे ।काला काला धिए । उनले त्यस्तो भने पछि त रुंदै गरेका किसानको अनुहार झलझली आयो। मलाई अलिअलि चिमोटेर, अलिअलि निचोरेर हिंडे । अब कहिले आउनुहुन्छ? मैले पो सोधेँ । यस्ता असल मान्छेका घरमा त आइरहन्छु नि भनेर हाँसे। मलाई सर, दाजु, भाई केही पनि भन्न आएन त्यो दिन घरै बसें। पाहुनाले मनस्थिति बिगारी दिए । म त ठिक मान्छे हुईनकि क्याहो जस्तो लाग्यो।ए किन घरै बसेको? हिंड बजारतिर भनेर नरबुङका छोराहरू लिन आए । लप्टनको अनुहार त राक्षसकोजस्तो देख्न थालें। भित्र भित्रै आगो बलेर आयो ।

२/४ दिन कतै निस्किन त्यो पाहुना पो झलझली आउन थाल्यो। पापीलाई सपनामा भगवानले ज्ञान दिन भरे भनेको सुनेको थिएँ, मेरो त भगवान नै पो यहि हो कि जस्तो लाग्यो। घरमा के के कुरा खेलाएर बसिरहेको थिएँ , छिमेकी टेकबहादुर राई ‘ओउ दलबहादुर’ भन्दै आए । उनले थाहा पाएका रहेछन् मेरोमा पाहुना आएको,घुमाई घुमाई कुराकानी गरे।

१५ दिनपछि अस्तिका पाहुना आए। नमस्कार गर्दै मजाले हाँसे । ‘आरामै हुनुहुन्छ, भनेर सोधे । मैले ‘ चामल खैत?’ भन्दैजिस्काए । त्यो दिन हाम्रा कुरा अर्कै भए । अब गरिव गरिब मिल्नु पर्छ , लप्टन भनेको शोषक हो ,त्यसका पछि लाग्नु हुँदैन, अकार्को घोडा हुनुहुँदैन, गरिबलाई दुख दिनु पाप हो भनेर सिकाए। विस्तारै हामीले सङ्गठन बनायौं। हिजोजजसको धान लुटेको थिए, ज–जसलाई हातपात गरेको थिए, ती सबै मेरा साथी भए ।
मेरो घरमा पाहुना लाग्न आउने, मलाई ज्ञानगुण सिकाउने मान्छे त मदन भण्डारी पो हुनुहुँदोरहेछ। मैले त्यसपछि लप्टनका मतियारहरूलाई ठिक गरें। किसानको धान जोगियो । पार्टीमा संगठित भएँ । मदन सगैँ भुमिगत भए । उहाँ जहाँजहाँ जानुहुन्छ त्यहीँ त्यहीँ गए । एक किसिमले वडी गार्ड नै भए ।

एउटा पेस्तोल दिएको थियो, बोकेर हिंड्थेँ । खुकुरी पनि भिर्थे । धरान, धनकुटा, इलाम जहाँ जाँदा पनि उहाँका पछिपछि पेस्तोल बोकेर हिंड्थें। पार्टीका भित्रि प्रशिक्षणमा उहाँलाई पिसाब फेर्न सजिलो होस भनेर बाँसको ढुङ्ग्रो बनाएको हुँ । दास ढुङ्गा दुर्घटनापछि त फ्याक्नै मन लागेन । उहाँको सम्झना, माया, चिनो भनेकै यहि ढुङ्ग्रोे हो।’ मोरङ बयरबन निवासी दलबहादुर धामीका कुरा सुनिसकेर मैले त्यो ढुङ्ग्रो मागे । उनले के गर्नुहुन्छ ?भनेर सोधे मैले मङ्गलबारेमा मदनको संग्राहालय बन्दैछ, त्यसैमा राख्छु’ भनेर जवाफ दिए । उनले त्यसलाई बहुमुल्य सामानलाई जस्तै सुमसुम्याएर भने ‘अहिले होस् सर, पछि विचार गरौँला ।’

‘मैले दराजको भित्तामा माडले टाँसेर मदनको वनारसको सर्टिफिकेट, नागरिकता र हातले लेखेको कविता राखेको छुाअरू पनि थुप्रै सामान थिए । उहाँ भूमिगत भएपछि माटोमुनी राखेको,सबै पोचिए छ । त्यति कुरा चाहिं मारे पनि मारोस भनेर राखेको हुँ । मलाई बाहेक कसैलाई थाहा छैन । पञ्चायतकालमा कैयौं पल्ट घर खानतलासी भयो।अराष्ट्रिय तत्वले के के लुकाएको होला भन्दै सियो खोजे झै खोजे, घरभित्र मात्र हैन, मलखाडीमा, आँगनमा, बारीमा पनि खने ,घरको छानो पनिउधारे। माओवादी आन्दोलनमा हाम्रो गाउँ त झन् प्रभावित क्षेत्र, घरछेउमै सेनाले छजय मार्याे । त्यतिबेलाको खानतलासीको बयान गरेर साध्य छैन । भकारी पनि फूटाएर हर्याेतर दराज बाहिर कागज टासेर फेरितखती ठोकेको ठाउँ कसैले पत्तालगाएनन् ।घरमाथिबाट सेनाले आँगनमा फ्याक्दा पनि उकिएन । मेरा दिन नआएका सर,नत्र सुलि चढाउने थिए तर ती कागज छन् छैनन् । माउले खाइसक्यो कि, पोचिए। गएकि, यसै भन्न सक्दिन है सर । राखेको पनि ती ३२ वर्ष हुन लाग्यो।’

हसन्दह मोरंग निवासी हस्तबहादुर तामाङ्गले इटहरीमा भने । उनी जनतावस्तीमा बस्ने छोरीको घर बनाइदिन आएका रहेछन् । मैले देख्दा २ तले काठको घरको छानोमा काँटी ठोक्दै थिए । ‘हो, तपाइँ मदन भण्डारीको मिल्ने साथी अरे । हसन्दहबाट खोज्दै खोज्दै यहाँ आएको हुँ । हामी मदनका सामानहरू सङ्कलन गर्दैछौं। किताब पनि निकाल्छौं । मलाई ती सामान र तपाईंको एउटा लेख पनि चाहियो । ‘आहिले त जान भ्याउँदिन । छोरीको घर बनाइदिन आएको। पार्टीको काम छोडेर मिस्त्री पो भएको छु । आखिर जो आए पनि उहि रहेछ ।’
उनलाई मैले फकाएं–‘म गाडीमा लान्छु । गाडीमै ल्याइदिन्छु । तीन घण्टामा आइपुग्छौं । त्यति सहयोग गरिदिनुस् ।’ छोरीले सम्झाईन ,उनि पुगेर आउन राजी भए । बाटोभरी मदनसँगको स्मृति सुनाए
‘म भोजपुरबाट ०२८ सालमा इटहरा आएको हुँ । मदन र हाम्रो घर दुईमिनेट को फरकमा थियो। भर्खर झोडा फाँडेर बसेका, कोही कसैसँग चिरजान थिएन । विस्तारै चिनजान हुदै गयो। आनीबानी जानिदै गयो । मदन दिनहुँजसो हाम्रो घरमा आउहुन्थ्यो । झोडालीहरू एक हुनुपर्छ, शोषकको विरोध गर्नुपर्छ भन्नुहुन्थ्यो। कुरा सुन्दासुन्दै मलाई कम्युनिष्ट बनाउनु भयो।

हाम्रोमा बाटोघाटो, स्कुल, हाटबजार केही थिएन । रुखरुख, जङ्गलैजङ्गल मात्र थियो। तिहार आयो । मदनले ल देउसी खेलौं, दक्षिणा बटुलेर स्कुल बनाउँ भन्नुभयो। मलाई यो कुरा मनपर्यो । हुन्छ भने । उहाँले नै कहाँकहाँ खेल्ने , कसरी भट्याउने, चामल कसले बोक्ने, धान, पैसा कसले बोक्ने भनेर बाँडफाड गरिदिनुभयो। हाम्रा गीतका शब्द,भट्याउने शैली सुनेर सबै खुसी भए । स्कुल खोल्न भनेर खांवा काट्यौँ । सबैभन्दा गह्रौ खांबा उहाँ बोक्नु हुन्थ्यो। साँच्चै स्कूल बन्यो । त्यसको नाम हिमालय प्रा. वि. भनेर उहाँले नै राख्नु भयो ।

स्कूलसम्म जान बाटो थिएन । खेतका आलीबाट हिंड्नु पथ्र्याे । मदनले बाटो बनाऊँ भनेर प्रस्ताव ल्याउनुभयो । केही जग्गावालले मानेन्न । हाम्रो पालो तिनको बाली चरादियौँ । सामन्तहरूले चै कम्युनिष्टले दुख दियो भनेर मदनलाई पोले त्यसपछि उहाँ भूमिगत हुनुभयो । अनित उहाँको बस उठ सबै मेरो घरमा भयो। प्रहरीले छापा मार्ला भनेर ।