अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवालाई देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह

युवालाई देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्नुभएको छ।

आजदेखि यहाँ सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपाल सम्भावनाको देश रहेकाले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।   

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएकालाई लगानीको लागि बंैक तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताउनुभयो। 'म भन्छु, नेपालमा जति सम्भावना अन्त कतै छैन। इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावना छ। ती सम्भावना उजागर गर्न सक्नुपर्दछ। हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नुपर्दछ', उहाँले भन्नुभयो। 

युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कूल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवा ऊर्जा, जोश, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकाले जेसीजले युवालाई नेतृत्व, व्यक्तित्व विकाससँगै उद्यमशीलताको क्षेत्रमा अगाडि बढाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।