काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही साता नेपालका लागि चुनौतीपूर्ण रहेका बताएको छ ।
आज एक सूचना जारी गर्दै मन्त्रालयले आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको बताएको हो ।
सूचनामा भनिएको छ, ‘अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ ।’
निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै मानिसको आवतजावतमा ५९ प्रतिशत मात्र कमी पाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरू खुलेआम हिँडिरहेको भन्दै जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयको सूचना :
प्रतिक्रिया