अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा दुई बालकको हत्या, शव मदरसामा भेटियो

बारामा दुई बालकको हत्या, शव मदरसामा भेटियो


बारा-बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ । कलैया उपमहानगरपालिका ७ स्थित सरंगापुर बस्ने वर्षीय ९ उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको हत्या भएको हो ।

स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुबैजनाको शव फेला परेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

मिश्रका अनुसार हिजो बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए । रातिसम्मघर नआएपछि उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बेपत्ता भएको बारे प्रहरीलाई खबर गरिएको थियो ।

डीएसपी मिश्रसाहित प्रहरी टोलि घटना स्थलमा पुगेको छ । घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान समेत भइरहेको उनले जनाए ।