अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपाका रुकेश विजयी

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपाका रुकेश विजयी


भक्तपुर-भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी हुनुभएकाे छ। नेमकिपाका प्रेम सुवाललाई पराजित गर्दै रास्वपाका रुकेश रन्जित विजयी भएका हुन्।

रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा सुवालले २८ हजार १७८ मात्रै पाएका छन्। नेपाली काँग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत खड्काले २ हजार ४७२ र नेकपाका हरिराज लवजुले ११ सय ७७ मत पाए।