अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्य थापाको नजरमा एमाले विरुद्ध माधव नेपालका पाँच घात

सूर्य थापाको नजरमा एमाले विरुद्ध माधव नेपालका पाँच घात


काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले बरिष्ठ नेता माधव नेपालले पार्टीका विरुद्ध हालसालै पाँचवटा घात गरेको उल्लेख गर्नुभएको छ ।
कर्णाली प्रदेशसभामा फ्लोर क्रस,लुम्बिनी प्रदेशमा मूख्यमन्त्री विरुद्ध गठबन्धन निर्माण,प्रधानमन्त्री विरुद्ध आफ्नै २८ जना साँसदलाई अनुपस्थित गराउनु ,बागमती प्रदेशमा रामबहादुर थापालाई चुनाव हराउनु र काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साँसदहरुको किर्ते हस्ताक्षर गरेको आरोप थापाको छ ।
थापाले उल्लेख गरेका पाँच घात यस प्रकार छन् ।
१. कर्णाली प्रदेशमा फ्लोरक्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग –
२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरूद्द गठबन्धन निर्माणमा गोप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दीर्घराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजिनामाको लागि गुप्त निर्देशन–
३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ –
४.वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टीविरोधी व्यक्तिलाई मतदान ।
५. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृते र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरियतामा उपस्थित ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न श्री माधव कु. नेपालले गरेका अपराधहरूको भ्रत्सना गरौं !