काठमाडौं- गएको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाका २ हजार ३१८ जना सङ्क्रमित थपिएका हुन् ।
यो अवधिमा काठमाडौंमा एक हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जना सङ्क्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा हाल २० हजार १६६ जना सक्रिय सङ्क्रमित छन् । एक लाख ५३ हजार ९९५ जना निको भएका छन् । एक हजार ४०३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
भक्तपुरमा हाल चार हजार ६१८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । १३ हजार १०० जना सङ्क्रमित निको भएका छन् । २७४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, ललितपुरमा हाल ६ हजार ४४८ जना संक्रमित संक्रमित छन् । २३ हजार १६८ जना हालसम्म कोरोनामुक्त भएका छन् । ललितपुरमा हालसम्म ३६७ सङ्क्रमितको मृत्यु भएको छ ।







प्रतिक्रिया