अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुप्रतीक्षित सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान

बहुप्रतीक्षित सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान


रुपन्देही– रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो कार्यकालमा नै सुरुङमार्गको योजना बनाउनुभएको थियो । अहिले पुनः अर्थमन्त्री भएको समयमा यो सुरुङमार्गलाई प्राथमिकता साथ योजनामा राखेर बजेट विनियोजन गर्न थाल्नुभएका पौडेल दोस्रोपटक अर्थमन्त्री भएपछि बजेट सुनिश्चित गरी परियोजना अगाडि बढाउनुभएको हो ।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा सुरुङमार्ग बनाउन बजेट सुनिश्चित भएपछि आइतबार टेण्डर भएको हो ।

यस सडक खण्डलाई ‘मृत्यु मार्ग’का रुपमा चिनिन्छ । जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया थालेको थियो ।

सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएको र सोही आधारमा प्रकृया अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक विजय जैसीले जानकारी दिनुभयो ।

५ किलोमिटरको सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्ने टेण्डरमा उल्लेख छ