काठमाडौं- कोरोना खोपलगायतका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिङपिङबीच टेलिफोन वार्ता भएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार उहाँहरूबीच अपरान्ह चार बजेदेखि करिब ४० मिनेट टेलिफोन संवाद भएको हो ।
संवादमा कोरोना खोप नेपाललाई उपलब्ध गराउन राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रतिका प्रेससल्लाहकार टिका ढकालका अनुसार कोभिड नियन्त्रणका लागि नेपाल चीनबाट आवश्यक पर्ने खोप खरिद गर्न इच्छकु भएको राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई भन्नुभएको छ । चीनका समकक्षीले आफूले उदारतापूर्वक नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु्भएको छ ।
दुई देशका राष्ट्रपतिबीचको टेलिफोन वार्ताबारे केही बेरमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी विस्तृत जानकारी दिँदैछ ।







प्रतिक्रिया