अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पक्राउपछि राजनीतिक र कानुनी प्रतिवादका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी

अध्यक्ष ओली पक्राउपछि राजनीतिक र कानुनी प्रतिवादका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी


काठमाडौं-नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो। साथै बैठकले अध्यक्ष ओली र गृहमन्त्री लेखक पक्राउको राजनीतिक र कानुनी प्रतिवाद गर्न तीन नेतालाई जिम्मेवारी तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

संसदीय दलहरूसँगको संवाद र संयोजन गर्ने कामको नेतृत्व पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले गर्ने महासचिव पोखरेलले बताए।  आजको सचिवालय बैठकको अध्यक्षता पनि बादलले नै गरेका थिए। उनी पहिलो वरीयताका उपाध्यक्ष पनि हुन्।

यसैगरी राजनीतिक दलहरूसँगको संयोजनको जिम्मा पार्टी उपाध्यक्ष विष्णु पौडेलले गर्ने महासचिव पोखरेलले बताए।  कानुनी प्रतिवाद गर्ने कामको संयोजन गोकर्ण विष्टले गर्ने पोखरेलको भनाइ थियो। यस्तै समग्र जनपरिचालनको संयोजन केन्द्रीय कार्यालयले गर्ने महासचिव पोखरेलले बताए ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्त्सना र विरोध गरेको महासचिव शंकर पोखरेलले बताए।

उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गरेको र उनीहरू दुवै जनाको तत्काल रिहाइको माग गरेको महासचिव खरेलले बताए।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै अध्यक्ष ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो।

गत भदौ २३ गते हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा ओली–लेखक पक्राउ परेका हुन्।

Skip This