काठमाडौं- नर्भिक इन्टरनेशनले हस्पिटलले कोभिड-१९ सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्यमा आउनसक्ने जोखिमलाई सम्बोधन गर्न ‘पोस्ट कोभिड-१९ क्लिनिक’ सुरूवात गरेको छ ।
विशेषज्ञ सहितको क्लिनिक सञ्चालनमा ल्याएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
अस्पतालका कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत सङ्क्रमण निको भएपछि विभिन्न स्वास्थ्य समस्या देखिएको गरेको छ ।
उहाँले सङक्रमण तत्काल ठीक भएपनि लामो समयसम्म धेरैलाई सामान्य शारीरिक समस्या, थकाइ लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, मनोरोग हुने, उच्चरक्तचाप, हिँड्दा स्वाँ स्वाँ, श्वासप्रश्वासमा समस्या हुने जस्ता समस्याहरू देखिने जानकारी दिनुभयो ।
सिनियर फिजिसियन उहाँले सङ्क्रमणपछि देखिने यस्ता समस्याको उपचार गर्नका लागि पोस्ट कोभिड क्लिनिकमा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया