अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले आज दमक क्याम्पसको भवन शिलान्यास गर्नुहुने

प्रधानमन्त्रीले आज दमक क्याम्पसको भवन शिलान्यास गर्नुहुने


दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले दमक बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्दै हुनुहुन्छ ।
क्याम्पस प्रमुख नेत्र बुढाथोकीका अनुसार दिउसो ११ बजे भर्चुअल माध्यमबाट व्याशायीक प्रयोजन सहितका चार वटा व्लकहरु शिलान्यास गर्न लाग्नुभएको हो । सबै ब्लकहरु भूकम्प प्रतिरोधी बन्नेछन् ।
हरेक भवन अण्डर ग्राउण्ड पार्किङ सहित पाँच तलाका हुनेछन् । जसमा एकतला सटर र एउटा भवनमा छ वटा कक्षा कोठा हुनेछन् । ‘जम्मा २४ वटा कक्षा कोठा र १४ वटा सटर सहितका भवन बन्नेछन्’ बुढाथोकीले नेपाली बहस डटकमसँग भन्नुभयो ‘भवनको कुल लागत करिब १० करोड रुपैंया छ ।’ भवन बनाउने बजेट संघीय सरकारले विनियोजन गरेको र दमक नगरपालिका मार्फत निर्माण हुन लागेको हो ।
दमक प्रधानमन्त्री ओलीको गृह नगर हो ।