काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणबारे निन्दा गर्नुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र सेवक कर्मचारी र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई सामान्य रुपमा लिन नसकिने बताउनुभयो ।स्वास्थ्यकर्मीमाथि आक्रमण भएका समाचार आइरहेको भन्दै उहाँले संक्रमितको उपचारमा दिन रात नभनी खटिएका स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमण सह्य नहुने बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने भन्दै उहाँले डिउटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण भएको सरह नै स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो -राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमण क्षम्य हुँदैन ।
प्रतिक्रिया