अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्याग्दीमा जटिल संक्रमित निको हुँदै ,अस्पतालमा बिरामीको चाप पनि घट्दै

म्याग्दीमा जटिल संक्रमित निको हुँदै ,अस्पतालमा बिरामीको चाप पनि घट्दै


म्याग्दी-बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना सङ्क्रमितहरु निको हुने क्रम बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप घट्दै गएको छ । एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको सङ्ख्या विस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ ।
चारदिन अघि १७ जना सङ्क्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रवार पाँच डिस्चार्ज भएको स्वास्थ्यकर्मी दीपा खड्काले जानकारी दिनुभयो । “हाइफ्लो दिइरहेको एक जनाको अवस्था अलि गम्भीर छ, बाँकीको अवस्था सामान्य छ”, खड्काले भन्नुभयो ।
अस्पतालमा केहीदिन अघिसम्म हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढेका थिए । आइसोलेशन कक्षमा उपचाररत सबै सङ्क्रमितमा श्वासप्रश्वासको समस्या थियो ।
होम आइसोलेसनमा बसेकामा शरीरमा अक्सिजन मात्रा कम भएपछि अस्पताल आएका बिरामीमध्ये जटिललाई मात्रै पोखरा रिफर गरिएको र धेरै बिरामी बेनी अस्पतालबाट नै उपचारपछि घर फर्र्किएका अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । जिल्लामा दैनिक सयको हाराहारीमा सङ्क्रमित थपिँदा बेनी अस्पतालमा पनि उपचारका लागि आउनेको चाप बढेको थियो ।